Kakhara सबैको खबर सम्पूर्ण खबर
विष्टद्धारा केन्द्रीय सदस्य अस्विकार
विद्यार्थी नेता विष्ट र उहाँले जारी गरेको विज्ञप्ती ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका नेता शुशिल विष्टले संगठनको केन्द्रीय सदस्य अस्विकार गर्नुभएको छ । केन्द्रीय अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय सदस्यको सूची सार्वजनिक गर्नुभएको थियो । त्यसमा विष्टको नाम पनि उल्लेख छ ।

सूची सार्वजनिक गरे लगत्तै विष्टले एक विज्ञप्ती जारी गर्दै आफू केन्द्रीय सदस्यमा नरहने र कर्णाली प्रदेश सदस्य भएर संगठनमा काम गर्ने बताउनु भएको हो । सबैको सल्लाह र सहमति अनुसार जीवन खड्कालाई केन्द्रीय सदस्यमा राख्नुपर्ने भएपनि त्यसो नगरी आफूलाई केन्द्रीय सदस्यमा राखेकोप्रति विष्टले आपत्ति समेत  जनाउनुभएको छ ।

केन्द्रीय सदस्यमा बस्ने आफ्नो कुनै मनसाय र इच्छा नरहेको भन्दै विष्टले आफूलाई उक्त सूचीबाट हटाउन समेत भन्नुभएको छ । विष्ट यस अघिको कार्यकालमा रुकुम पश्चिम जिल्लाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ चुनावी प्रतिसप्रधाबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update