रुकुम पश्चिममा एक वर्षको अवधिमा ५८ वटा मावन अधिकार उलंघनका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०२० जनवरीदेखि हालसम्म रुकुम पश्चिममा भएको घटनाहरुको विवरण बारे जानकारी गराएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनिषा केसीले जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाबारे जानकारी गराउनु भएको हो ।
जसमा विभिन्न ३ वटा मुल शीर्षक भित्र १४ वटा उप शीर्षकमा घटनाहरु अभिलेख गरिएको छ । नागरिक तथा राजनैतिक अधिकार सम्बन्धिका ९ वटा घटना भएको इन्सेकले जनाएको छ । जसमा १ वटा गिरफ्तार, अन्य पक्षबाट ५ वटा धम्कि, कुटपिटका घटना भएका छन् भने राज्य पक्षबाट १ वटा घटना भएको छ । १ वटा अमानविय व्यवहार सम्बन्धिको घटना भएको उक्त समिक्षा कार्यक्रममा जानकराी गराइएको थियो ।
बाल अधिकार मुल शीर्षकको बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार सम्बन्धिका १२ वटा घटना भएको उल्लेख छ । महिला विरुद्ध हुने सबै प्रकारकार भेदवभाव र दुव्र्यवहारमा सबभन्दा बढी घटना भएका छन् । इन्सेक रुकुम पश्चिमले यसमा ३८ वटा घटना अभिलेख गरेको छ । महिला अधिकार, परिवारजन तथा अन्यक्षबाट हत्याका १/१ वटा घटना, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका ५ वटा घटना भएका छन् ।
घरेलु हिंसाका २१ घटना भएका छन् भने सामाजिक हिंसा १ र बहु विवाहका ९ घटना भएको जानकारी उक्त कार्यक्रममा गराइएको थियो । कार्यक्रमका सहभागिहरुले संकलित तथा अभिलेखिकरण भएका घटनाको पुर्नपुष्टि सहित थप जानकारी लिएर पुस्तका राख्न सुझाव दिएका छन् । सरोकारवाला निकायका प्रतिनिधिहरुले घटना भएका र अपडेट गर्नुपर्ने, छुटेका कुरालाई पनि समेटेर पुस्तकका लागि अन्तिम रुप दिन पनि भनेका छन् ।