Kakhara सबैको खबर सम्पूर्ण खबर
महिला मानव अधिकार रक्षक सञ्जालको साधारण सभा

महिला अधिकारका पक्षमा क्रियाशिल महिला मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमको आठौं साधारण सभा उद्घाटन भएको छ । सदरमुकाम खलंगामा सञ्जालको वार्षिक साधारण सभा सुरु भएको हो । सञ्जालकी संस्थापक अध्यक्ष सुमित्रा रोकायको प्रमुख आतिथ्यता पूर्व अध्यक्ष रमा गौतमको विशेष आतिथ्यतामा उद्घाटन समारोह भएको हो ।

सञ्जालकी अध्यक्ष कल्याणि खड्काको अध्यक्षता र सचिव व्युझना पुनको सञ्चालनमा भएको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित छन् । नयाँ कार्य समिति चयन गर्दै साधारण सभा आजै सकिने जनाइएको छ । उद्घाटन समारोहमा अध्यक्ष खड्काले समसामयिक विषयमा जानकारी गराउनु भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update