प्रेमबहादुर खत्री (झलक माहिला)
म भेरी वारिको मान्छे अनि तिमी भेरी पारिकी मान्छे । हिजोको दिन सम्म तिम्रो र मेरो नत देखा देख नै भाको थियो नत चिनाजान नै थियो । जब संयोगले तिम्रो र मेरो प्रत्येक्ष रूपमा भेट भयो तब देखिनै मनमा पिरतिका मुनाहरु पलाउन थाले । त्यो दिन त हेरा हेर गरेर हामी छुट्टियौ तर भोलिपल्ट देखि तिम्रो याद र स्मृति मेरो मानसपटलमा झलझल्ती आउन थाल्यो । मलाई कतिखेर भेटु र कतिखेर देखु लाग्न थाल्यो । सधै तिम्रो नै याद गर्न थाले । तिम्रो त्यो शुन्दर मुहार मेरो नयन वरिपरि सधै घुम्न थाल्यो । म हिड्दा होस या कुनै काम गर्दा होस मैले आफ्नो सारथि हराएको जस्तो अनुभुती गर्न थाले । खाना खादा सधै त्यो थालमा तिम्रै तस्बिर मुस्काइरहेको हुन्थ्यो । सायद चोखो माया नै यसैलाई भन्छन होला । हर क्षण र हरेक पल तिम्रो नै सम्झनाले लुकामारी खेल्न थाल्यो । तिम्रै सम्झनालाई साथी बनाएर मैले आफ्नो दैनिकी बिताउने प्रयास गरि रहे ।
एक चोटि झलक्क देखेको दृश्यले मलाई सम्झनाको गहिराई मा पुर्याएको त पत्तो नै भएन । मलाई फेरि कतिखेर तिमिलाइ भेटु र मेरा मनका बेलि बिस्तार खोलु जस्तो लाग्न थाल्यो । सधै तिम्रो भेरी पारिको गाउँ हेरेर चित्त बुझाउने प्रयास गरे । अनि तिमी आउली र बिचैमा रहेकोे भेरी निरको पुलैमा भेटु झै लाग्न थाल्यो र म एउटा् न एउटा बाहाना बनाएर घन्टौ सम्म तेहि पुलमा पर्खिने गरे तिमी आउने आशामा । कयौं केटी मान्छेहरु वारपार गरिरहेका हुन्थे । म भने तिमी झै मानेर एक छिन खुशिले बुरुक बुरुक गर्थे अनि निराश भएर निन्याउरो अनुहार लाएर घर फर्कन्थे ।
तिमिलाइ थाहा छ ? त्यो दिन पनि म साढे दुई घन्टा जति तिमिलाइ पर्खिएर बसेको थिए नि । जब तिमी गुलाबी रङको कुर्ता सुरुवाल, हरियो पछ्यौरी अनि निधारमा रातो टीका लगाएर आएकी थियौ । मैले तिम्रो बयान गर्ने कुनै शब्द नै भेटाएन । आखिर तिम्रो मन पनि मेरो जस्तै त रहेछ नि । तिमिलाइ पनि मलाई जस्तै कतिखेर भेटौ भनेर उथलपुथल त भएछ नि । उनले र मैले जिन्दगी र भबिस्यको बारेमा धेरै गहिरिएर कुराकानी गर्यौ । उनले पनि मलाई असाध्यै माया गर्दी रहेछिन । हामी दुबैले हाम्रो पिरतिलाइ अझ धेरै बलियो मजबुत र प्रगाढ बनाउन बिचार गर्यौ । एक अर्का बिना हामी जिउन नसक्ने अबस्थामा आइसके पछि हामी बिबाह गर्ने र हाम्रो छुट्टै पिरतिको शुन्दर संसारमा रमाउने बिचार गर्यौ र त्यही अनुसारको तयारी पनि गरियो ।
हामी बिबाह गर्न राजी भैसकेपछी मैले उनलाइ मेरो घरमा दुलही बनाएर भित्र्याए । मैले उनलाइ लिएको केही दिन पछि माइतिहरु लामबद्द भएर मेरो घरमा आए र ठुलो ठुलो आवाजमा कराउन थाले । उनको र मेरो मन मिल्यो अनि बिहे भएको हो । हामीले कुनै धन सम्पत्ति र जात हेरेर बिबाह गरेका भने थिएनौ । माइतीहरुले मेरो झुपडीको चारैतिर ढुङ्गा र लठ्ठी बर्साउन थाले । अनि हलानो फलानो भनेर वचन लाउन थाले । वास्तविक कुरा बुझदै जादा मेरि स्वास्नी त बाहुन कि छोरी रहेछिन । कहाँ उनी बाउनकी छोरी अनि म आर्ने कामीको छोरो । कसरी उनलाइ पच्थ्यो र, के गर्ने त पियारी दुनियाँ अझै अन्धो छ समाज अझै परिवर्तन हुन सकेको छैन । एक अर्कामा मन मिलेर मात्रै केही हुदो रहेन । चोखो मनले हृदय देखिनै प्यार गर्नेको यहाँ कुनै अर्थ र मुल्यांकन छैन । पिरतिलाइ धन र जातसङ्ग तुलना गरिदो रहेछ ।
उनी धेरै बेर सम्म मेरा दुई वटा खुट्टा समाएर रोइरहिन । मर्छु उनै सङ्ग, बाच्छु त उनै सङ्ग । उनको बिलौना मेरो बिन्तिको कुनै सीप लागेन । मेरो अङ्गालोमा बाँधिएर रोइरहेकी उनलाइ च्यातेर लगिहाले । म डाको छोडेर बेस्सरी रुन थाले । तर केही उपाय लागेन । हाम्रो चोखो पिरती जातकै कारण कति छिट्टै तहस नहस बनाइदिए । अचेल हरेक रात रोएरै बित्छन मेरा । झ्यालबाट तिम्रो गाउँ हेर्छु झन मन भक्कानिएर आउछ पियारी । पापिहरुले हाम्रो मायालाइ जिबन्त बनाउन दिएनन । अब तिमिलाइ सम्झनाको साथी बनाएर जसोतसो जीवन जिउने प्रयत्न गर्नेछु । जातीय बिभेदको अन्त्य नहुन्जेल यस्ता घटनाहरु घटिरहने छन । यो अन्धविश्वासमा रहेको समाजमा हाम्रो पिरती सफल हुन सकेन । अब जातीय छुवाछूत र बिभेदको अन्त्य गर्ने अभियानमा तिमी अनि म जोडदार सङ्ग लाग्नु पर्छ र यस्तो कुप्रथा को अन्त्य गर्नुपर्छ।
जातले होईन माया मनले लगाइन्छ।
सन्सारमा महिला र पुरुष बाहेक अरु कुनै जात छैन।
लेखक-प्रेमबहादुर खत्री (झलक माहिला)
सिस्ने गाउँपालिका- ३, रुकुम (पुर्ब)
९९८४४८५८८९६०