रुकुम पश्चिममा यो वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा कम धान उत्पादन हुने अनुमान गरिएकामा गत कार्तिकमा भएको वेमौसमि वर्षाले धानमा क्षेति गरेपछि झन उत्पादन घटेको हो । कृषि विकास कार्यालयका अनुसार ९ सय ५४ दशमलव १२ मेट्रिकटन गिरावट आएको हो ।
यो वर्ष १२ हजार ९ सय ५४ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको थियो । यो गत वर्षको भन्दा ९९ मेट्रिकटन कम हो । गत वर्ष १३ हजार ५३ मेट्रिकटन धान फलेको थियो । गत कार्तिकमा भएको वेमौसमि वर्षाले जिल्ला भरमा ८ सय ५५ दशमलव १२ मेट्रिकटन धानमा क्षेति गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी महेशकुमार बिष्टले जानकारी दिनुभयो ।
‘मौसमले साथ नदिएका कारण ढिलो गरी रोपाई भएको लगायतका कारणले यो वर्ष गत वर्षको तुलनामा केही कम धान उत्पादन हुने हाम्रो अनुमान थियो, उहाँले भन्नुभयो–तर गत कार्तिकमा भएको वेमौसमि वर्षाले ठुलो मात्रामा धानमा क्षेति गरेका कारण यो वर्ष धान उत्पादनमा ठुलो गिरावट आयो ।’
पानीका कारण ६ दशमलव ३३ प्रतिशत धानमा क्षेति पुगेको उहाँको भनाई छ । यो वर्ष जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान खेति भएको कृषि विकास कार्यालयको भनाई छ । जिल्लाका सबै स्थानीय तहमा धान खेति हुने गरेको छ । धान जिल्लाको मुख्या खाद्यान्न बाली मध्येको एक हो ।