महिला अधिकारको पक्षमा वकालत गर्दै आएको महिला मानव अधिकार रक्षक सञ्जा रुकुम पश्चिमको नयाँ कार्य समिति चयन भएको छ । आठौं साधारण सभाले व्युझना पुन देवकोटाको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्री महतरा, सचिवमा रचना मल्ल,सह सचिवमा सुमित्रा घर्ती र कोषाध्यक्ष खिमा डाँगी चयन भएका छन् ।
सञ्जालको सदस्यमा निर्मला शर्मा, मेनुका परियार चयन भएका छन् । यसमा संस्थागत प्रतिनिधित्व पनि भएको छ । दिपा धिताल ओरेक प्रतिनिधि, मनिषा केसी इन्सेक प्रतिनिधि, सुनिता बुढा मगर हरप्लेस, सरस्वती कार्की प्रहरी महिला सेलबाट सञ्जालमा सदस्य बन्नुभएको छ । तुलषा मल्ल, बन्दना खड्का, हुकुमकुमारी केसी, ललिता राना मगर, निशा रावल, माया बोहरा पनि सञ्जालको सदस्यमा चयन हुनु भएको छ ।
राधिका भण्डारी, गोपी नेपाली, चिना विक, सुष्मा ओली, प्रेमा शाही, कमला बुढालाई पनि सञ्जालको सदस्यमा राखिएको छ । केही दिनमा पहिलो बैठक बसेर आगामी नीति तथा कार्यक्रम तय गरिने नव निर्वाचित अध्यक्ष देवकोटाले बताउनुभयो । निवर्तमान अध्यक्ष कल्यानी खड्काको अध्यक्षतामा आठौं साधारन सभा भएको थियो । साधारण सभामा सञ्जालकी संस्थापक अध्यक्ष सुमित्रा रोकाय र अर्की अध्यक्ष रमा गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।