Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र कर्णाली प्रदेश समितिमा रुकुम पश्चिमका ३२ जना

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेशको प्रथम सम्मेलन २ सय ११ सदस्यीय प्रदेश समिति चयन गर्दै सकिएको छ । ३ दिन सम्म चलेको सम्मेलनले दश जिल्लाबाट २ सय ११ जनाको प्रदेश समिति बनाएको हो ।

समितिमा रुकुम पश्चिमबाट ३२ जनाको नाम प्रस्ताव भएको छ । जिल्लाका ६ वटै पालिकाबाट खुला, महिला, दलित र युवातर्फ गरी प्रदेश समितिमा प्रस्ताव गरिएको । 

मुसीकोट नगरपालिकाः यस नगरपालिकाबाट कर्णाली प्रदेश समितिमा ६ जना परेका छन् । बुद्धिप्रसाद शर्मा, गोविन्द रोका (सचिन),  प्रेमकुमारी सुनार, जयबहादुर पाण्डे, मिलन खड्का र श्रीकुमार कठायत परेका छन् ।

चौरजहारी नगरपालिकाः यस नगरपालिकाबाट विशाल शर्मा, पुष्प वादी, विरेन्द्र बुढा मञ्जिल, राधा रोका,ध्रुव बुढाथोकी र दिला महतारा गरी प्रदेश समितिमा ६ जना नै परेका छन् ।

आठबीसकोट नगरपालिकाः यस नगरपालिकाबाट पनि प्रदेश समितिमा ६ जना परेका छन् । गोर्खबहादुर केसी, लुम्बिनी गौतम, रातो कामी, चन्द्रबहादुर बुढा, गंगाराम चनारा र गीता विक प्रदेश समितिमा परेका छन्

सानीभेरी गाउँपालिकाः यस गाउँपालिकाबाट ५ जना प्रदेश समितिमा परेका छन् । विमला केसी, पहलसिङ घर्ती मगर, धनवीर ओली, देवे कामी (मुस्कान) र बिर्खबहादुर बिष्ट परेका छन् ।

बाँफिकोट गाउँपालिकाः यस गाउँपालिकाबाट पनि प्रदेश समितिमा ५ जना परेका छन् । धर्मबहादुर केसी, इन्दिरा बुढा, चन्द्रबहादुर शाही, मनबहादुर वादी र दिपेन्द्रबहादुर मल्ल कर्णाली प्रदेश समितिमा परेका छन् ।

त्रिवेणि गाउँपालिकाः यस गाउँपालिकाबाट ४ जना प्रदेश समितिमा परेका छन् । झक्कुप्रसाद घर्ती मगर, गणेशकुमार केसी, मोहनकिशोर ओली र निर्मला विष्ट प्रदेश समितिमा परेकाहरु हुन् ।

जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले पदाधिकारी टुंगो लगाउने बताइएको छ । समितिले बैठकले थप सदस्य मनोनित गर्ने पनि जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update