Kakhara सबैको खबर सम्पूर्ण खबर
डाक्टर गोविन्द केसीद्धारा ३ सय बढीको उपचार

हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले रुकुम पश्चिमका ३ सय बढी विरामीको उपचार गर्नुभएको छ । झण्डै एक साता जिल्ला अस्पताल रहनु भएका डाक्टर केसीले ३ सय बढी हाडजोर्नी तथा नसाका विरामीको निःशुल्क उपचार गर्नुभएको हो ।

बाग्लुङ ढाेरपाटन नगरपालिकाको बोबाङ स्वास्थ्य चौकीमा दुई हप्ता उपचार गरी, रुकुम पूर्व जिल्ला अस्पताल रुकुमकोटमा २ हप्ता निःशुल्क उपचार गरी यहाँ आउनु भएका डाक्टर केसीले यहाँ पनि सर्वसाधारणको निःशुल्क उपचार गर्नुभएको हो ।

डाक्टर केसीले जिल्ला अस्पतालमा दैनिक ४० देखि ५० जना विरामीको उपचार गर्नुभएको अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम दिन डाक्टर केसी ५ जनाको अप्रेशन पनि गर्नुभएको छ ।

विभिन्न दुर्गम ठाउँमा विरामीको निःशुल्क उपचार गर्दै हिड्ने डाक्टर केसी रुकुम पश्चिममा पहिलो पटक आउनुभएको थियो । उहाँ आफ्नै खर्चमा उपचार गर्ने, निःशुल्क औषधी दिने, खान, बस्न र यातायात खर्च पनि उहाँले खाफै गर्नुहुन्छ । डाक्टर केसी आज विहानै सल्यान जिल्ला अस्पताल जानु भएको छ । त्यहाँ पनि उहाँले एक साता उपचार गर्ने तयारी गर्नुभएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update