रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ८ मा सञ्चालित ताललम सम्पन्न भएको छ । सिस्ने गाउँपालिका पशु शाखा कार्यालय रुकुमकोट रुकुम पर्वको आयोजनामा सञ्चालित ३ दिने व्यवसायिक बाख्रा तथा भेडा पालन व्यवस्थापन सम्बन्धि वडा स्तरीय तालिम आज सम्पन्न भएको हो ।
वडाका २६ जना बाख्रा व्यवसायिकहरुको सहभागिता रहेको तालिममा खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाहा कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको छ ।
तालिमको सहजिकरण सिस्ने गाउँपालिका पशु शाखा प्रमुख भिमबहादुर झाँक्रीले गर्नु भएको थियो । तालिमका सहभागि बिस्नु थापाले तालिमबाट छोटो समयमा धेरै कुराको ज्ञान पाएको बताउनु भयो । आफुहरुले गरिरहेको व्यवसायलाई अझै आधुनिकिकरण गर्न तालिमले महत्त्वपूर्ण टेवा पुर्याएको सहभागि सपना जैसीको भनाई छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष खर्कसिहँ थापाले तालिम सिकेका उद्यमिले केहि न केहि व्यवसाय गर्न जोड दिनु भयो । आफु निर्वाचित भए देखि यताका वर्षमा किसानलाई सहयोज गर्दै आएको र अझै पनि किसानलाई भरपुर सहयोग गर्ने बताउनुभयो ।