Kakhara सबैको खबर सम्पूर्ण खबर
विमैचा र गैरीनेटाका विद्यालयमा पक्कि भवन बन्दै

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको २ नम्बर वडाका २ विद्यालयमा पक्कि भवन बन्ने भएको छ । कर्णाली प्रदेश सरकार र त्रिवेणि गाउँपालिकाको लगानीमा पिपलनाथ आधारभुत विद्यालय विमैचाको २ कोठे एक भवन र बाल शिक्षा आधारभुत विद्यालय गैरीनेटाको ४ कोठे भवन बन्ने भएको हो ।

कर्णाली प्रदेश सरकारको ५५ लाखमध्य २० लाख रुपैयाँ पिपलनाथ आधारभुत विद्यालयको भवन निर्माणका लागि र बाँकी ३५ लाख रुपैयाँ बाल शिक्षा आधारभुत विद्यालयको भवन बनाउन खर्च गरिने छ । दुवै विद्यालयका भवन निर्माणका लागि निर्माण उपभोक्ता समिति गठन भएर काम समेत सुरु गरिसकेका छन् ।

दुवै विद्यालय भवन निर्माणबाट स्थानीयले रोजगार समेत पाएको वडाध्यक्ष शोभाराम बोहराले जानकारी दिनुभयो । दुवै विद्यालय आगामी असार भित्रै निर्माण सम्पन्न गर्नुपर्नेमध्यका भएको वडाध्यक्ष बोहराले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update