वडाध्यक्षले रक्सि सेवन गरी बिद्यालयमा आएर धम्की दिएको भन्दै बन्द भएको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ७ को जनज्योति आधारभुत बिद्यालय आईतबार देखि खुल्ने भएको छ । गत मंसिर २७ गते वडाध्यक्ष नवराज बुढाले दिउसै रक्सि खाएर बिद्यालयको कार्यालयमा आई प्रध्यानाध्यापक रमेश केसीलाई दुव्र्यवहार गर्दै धम्की दिएको भन्दै बिद्यालय बन्द गरिएको थियो । असुरक्षाका कारण बन्द गरिएको बिद्यालय आईतबार देखि खोल्ने सहमति बनेको प्रअ केसीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय राडिमा भएको छलफलमा वडाध्यक्ष बुढाले आफुले गल्ति गरेको स्विकार गरेको र अवदेखि यस्ता हर्कत नदोहोर्याउने प्रतिबद्धता जनाएपछि बिद्यालय खोल्न लागिएको केसीले बताउनुभयो । ‘वडाध्यक्षले आफुले गल्ति गरेको स्विकार गर्नुभयो, अब देखि यस्ता हर्कत नदेखाउदैन भन्नुभएको छ, प्रअ केसीले भन्नुभयो–वडाध्यक्षले माफि मागेको र अव यस्ता गल्ति नगर्ने भनेपछि बिद्यालय खोल्ने सहमति भएको छ ।’
त्यस्तै प्रअ केसीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष विरुद्ध दिएको जाहेरी समेत फिर्ता लिने सहमति बनेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएका बुढाले बिद्यालय समयमै रक्सि खाएर बिद्यालयमा आएर दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्कि दिएको भन्दै प्रअ केसीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सुरक्षाको ग्यारेन्टी गर्न र वडाध्यक्षलाई कारवाही गर्न माग गर्दै जाहेरी दिनुभएको थियो । भने असुरक्षा बढेको भन्दै मंसिर २७ गते १ बजेपछि बिद्यालय बन्द गरिएको थियो ।
यस बारेमा कखराले बुझ्दा वडाध्यक्ष बुढाले भने कुनै दुव्र्यवहार नगरेको र कुनै धम्कि समेत नदिएको दाबि गर्नुभएको थियो ।