Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ मा कांग्रेसको ७ टोल कार्य समिति

नेपाली कांग्रेस रुकुम पश्चिमको बाँफिकोट गाउँ कार्यपालिका अन्तर्गत २ नम्बर वडा कार्य समितिले टोल कार्य समिति विस्तार गरेको छ । वडा सभापति प्रकाश खत्रीका अनुसार वडाका विभिन्न ७ वटा टोलमा टोल कार्य समिति गठन गरिएको छ ।

साविकका वडालाई एक टोल मानेर टोल कार्य समिति गठन गरिएको सभापति खत्रीले जानकारी दिनुभयो । १ नम्बर टोलमा पलबहादुर बस्नेतको सभापतित्वमा १० जनाको टोल कार्य समिति चयन भएको छ । कार्य समितिमा २ जना उपसभापति र २ जना सचिव चयन गरिएको छ ।

२ नम्बर टोलमा रङजङ केसीको सभापतित्वमा ९ सदस्यीय कार्य समिति, ३ नम्बर टोलमा मनोज दमाइको सभापतित्व १४ सदस्यीय टोल कार्य समिति चयन भएको छ । ४ नम्बर टोलमा डम्मर नाथको सभापतित्वमा ११ सदस्यीय टोल कार्य समिति, ५ नम्बर टोलमा धनबहादुर नाथको सभापतित्वमा ७ जनाको टोल कार्य समिति गठन गरिएको वडा सभापति खत्रीले जानकारी दिनुभयो ।

६ नम्बर टोलमा तिलविर पौडेलको सभापतित्वमा ११ सदस्यीय टोल कार्य समिति र ७ नम्बर टोलमा नयनसिङ खत्रीको सभापतित्वमा ११ सदस्यीय टोल कार्य समिति चयन भएको छ । सबै टोल कार्य समितिमा २ उपसभापति र २ सचिव सहित सदस्यहरु छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update