Kakhara सबैको खबर सम्पूर्ण खबर
शिक्षिकामा कोरोना भाईरस देखिएपछि विद्यालय बन्द
त्रिभुवन जनता माविका विद्यार्थि (फाइल फाेटाे)

मुसीकोट नगरपालिका–१, खलंगाको त्रिभुवन जनता माविकी एक शिक्षिकामा कोरोना भाईरस संक्रमण देखिएको छ । शिक्षिकामा कोरोना संक्रमण भएपछि आजबाट विद्यालय बन्द गरिएको छ । जोखिम कम गर्नका लागि आईतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रध्यानाध्यापक हरिप्रसाद खनालले जानकारी दिनुभयो । २० गतेबाट भने पहिलो आन्तरिक परीक्षा संचालन हुने उहाँले बताउनुभयो ।

उपचारका लागि काठमाडौं गई घर फर्किएकी शिक्षिकामा कोरोना संक्रमण देखिएको थियो । अहिले उक्त शिक्षिकाको काठमाडौं नै लिएर उपचार भइरहेको विद्यालयले जनाएको छ । शिक्षिका विद्यालय नआएको भएपनि उनको सम्पर्कमा रहेका केहि बिद्यार्थीहरु विद्यालय आएकाले अन्य विद्यार्थीमा नफैलियोस भनेर केहि दिन विद्यालय बन्द गरिएको प्रअ खनालले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update