Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी खुल्न अँझै दुई दिन लाग्ने

दुई दिन अघि अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अँझै खुलेको छैन । रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका स्थित चाइनाबगर नजिकै झरेको पहिराले उक्त खण्ड अवरुद्ध भएको छ । सडक कालोपत्रेका लागि कटिङका क्रममा पहिरो झरेको थियो ।

पहिरो झरेगलत्तै हटाउन प्रयास भइरहेको छ तर पहिरो धेरै भएकाले ढिला भएको बताइएको छ । सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले ६ गते सम्म सडक सूचारु हुने अनुमान गरिएको जानकारी दिनुभयो । दुई वडा डोजरले सडकमा झरेको पहिरो हटाउने प्रयास गरिरहेका छन् ।

पहिरोका कारण मध्यपहाडी लोकमार्गको सिम्ली चाइना बगर खण्ड अवरुद्ध भएको छ । यसबाट ठूला गाडी चलेका छैनन् भने मोटरसाइकल गरायला भएर रिम्ना पुगेर झोलुङ्गे पुल तरेर आवतजावत गरिरहेका छन् । यो खण्डमा कालो पत्रेको काम भइरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update