रुकुम पश्चिमको मुसीकोट नगरपालिका ४ स्थित राप्ती लोकमार्गको बैरागीठाँटी–सोलाबाङ खण्ड बन्द हुने भएको छ । पुस ५ गते विहान १० बजेदेखि बेलुका ४ बजेसम्मका लागि उक्त खण्ड बन्द हुने भएको हो । बैरागीठाँटीकाे पुलदेखि सोलाबाङ बजारसम्मकाे खण्ड पूर्ण रुपमा बन्द हुन लागेकाे हाे ।
उक्त खण्डमा कालोपत्रे गर्नुपर्ने भएकाले ७ घण्टा उक्त खण्ड बन्द हुने सडक कालोपत्रे गर्ने जिम्मा लिएको यति विल्डर्सका प्रबन्ध निर्देशक भिमराज केसीले जानकारी दिनुभयो । सडक मर्मत अन्तर्गत उक्त खण्डमा कालो पत्रे गर्न लागिएको छ । उक्त खण्ड एकतर्फी मात्रै सडक भएकाले बन्द गरेर कालो पत्रे गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
कालो पत्रे गर्नुपूर्वका सबै काम सकिएको र कालो पत्रे गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको केसीले जानकारी दिनुभयाे । दाङ जाने, आउने सबै यातायातका साधनले विहान १० बजेदेखि बेलुका ४ बजेसम्मको समयलाई ख्याल गरेर आवतजावत गर्नुपर्ने उहाँले बताउनुभयो ।