कुनाखेत मेलाको अवसरमा आयोजित महिला ब्याडमिन्टन प्रतियोगिता शादा चन्द र निर्मला मल्लको जोडीले जितेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, पिपल स्थित कुनाखेत मेलाको अवसरमा आयोजित महिलातर्फको ब्याडमिन्टन शारदा र निर्मलाको जोडीले जितेको हो ।
दिपा गुरुङ र डिला पुनको जोडीलाई पराजित गर्दै शारदा र निर्मलाको जोडी प्रथम भएको हो । दिपा गुरुङ र डिला पुनको जोडी उपविजेता बन्दा कल्पना दाहाल र रमा मल्ला तथा दिपा खत्री र रिता खत्रीको जोडी सेमी फाइनलसम्म पुगेको थियो ।
पहिलो हुने जोडीले नगद ५ हजार दोस्रोले ३ हजार र सान्त्वना दुई जोडीले १ हजार ५ सय नगदको साथमा प्रमाण पत्र प्रदान गरिने आयोजक २ नम्बर वडाको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष जोखबहादुर केसीले जानकारी दिनुभयो । महिला ब्याडमिन्टनमा ८ जोडीले प्रतिसप्रधा गरेका थिए ।