Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यवसाय संचालन गर्न ओरेककाे सहयाेग

महिला पुनस्थापना केन्द्र (ओरेक)नेपालले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. १ र २ का ९ जनालाई बिभिन्न व्यवसाय गर्नको लागि आर्थिक सहयोग गरेको छ । वडामा रहेका १५ वटा समुहका ९ जनालाई वीउ पुजी अन्तरगत आयआर्जन बृद्धि गर्नको लागि २२ हजार ९ सय रुपयाँ सहयोग गरेको हो । 

ओरेकले उपलव्ध गराएको रकमबाट महिलाले बाँख्रा पालन, सिलाई बुनाई, किराना पसल लगायतमा लगानी गर्नको लागि आर्थिक सहयोग गरिएको ओरेक नेपालीकी जिल्ला कार्यक्रम संयोजक दिपा धितालले जानकारी दिनुभयो । उहाँका अनुसार वीउ पुजी अन्तरगत रकम हस्तान्तरण गरेको १५ दिन भित्र उपलव्ध रकमले आवश्यक बस्तु खरिद गर्नुपर्ने छ । 

वडा कार्यालयको सिफारीसमा छनोट भएकाहरुलाई रकम सहयोग गरिएको धितालको भनाई छ । रकम हस्तारण गर्दै गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले उपलव्ध गराएको रकम सदुउपयोग गर्न आग्रह गर्नुभयो । जुन उद्श्यले रकम बितरण गरिएको त्यो उद्श्य पुरा गर्न महिलालाई उहाँले आग्रह गर्नुभयो । 

बिभिन्न व्यवसाय गर्नको लागि रकम सहयोग गरेको भन्दै ओरेक नेपाललाई उहाँले धन्यबाद दिनुभयो । उपलव्ध रकमलाई सदुउपयोग गर्ने लक्षित समुदायले बताएका छन् । वडा कार्यालयले द्धन्द्धपिडित, पिछडिएका समुह र हिंसामा परेका महिलालाई वीउ पुजिको लागि छनोट गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update