रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. २ मा रहेको प्रगतिशिल महिला बहुउद्श्य सहकारी संस्थाको कार्यालय व्यवस्थापनको लागि बिभिन्न सामान सहयोग गरिएको छ । कार्यालय स्थापना भएको लामो समय सम्म कार्यालय व्यवस्थापनको लागि आवश्यक सामाग्रि नभए पछि महिला पनस्थापना केन्द्र(ओरेक) नेपालले बिभिन्न सामाग्रि सहयोग गरेको हो ।
ओरेक नेपालले २ लाख बराबरको कार्यालय व्यवस्थापनको सामान हस्तान्तरण गरिएको ओरेक नेपालकी कार्यक्रम संयोजक दिपा धितालले जानकारी दिनुभयो । सहकारीको लागि कम्युटर, प्रिन्टर, पि–फर्म, ५ सय लिटरको ड्रम, भित्ते घडी लगायत सामाग्रि सहयोग गरिएको छ ।
जिल्ला समन्वय समिति उप–प्रमुख ईन्दिरा विएम, गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले संयुक्त रुपमा सामाग्रि हस्तान्तरण गर्नुभएको हो । सामाग्रि ग्रहन गर्दै सहकारीकी अध्यक्ष मंगली खत्रीले ओरेक नेपाललाई धन्यवाद दिनुभएको छ । भवन निर्माण भएको लामो समय सम्म पनि कार्यालय व्यवस्थापनको लागि समाग्रि नहुदा कार्यालय संचालनमा समस्या भएको थियो ।
सामाग्रि उपलव्ध भए पनि कार्यालय संचालनका सहज हुने सहकारीको भनाई छ । महिला सदस्य मात्र रहेको सहकारीले महिलाको क्षेमता अभिवृद्धिको लागि बिभिन्न काम गर्दै आएको छ ।
त्यस्तै ओरेक नेपालले वडामा गरेका बिभिन्न परियोजनाको अनुगमण पनि गरिएको छ । बिभिन्न समुहका सदस्यहरुको करेसाबारी, बाख्रा पालन लगायतको अनुगमण गरिएको हो । अनुगमणमा जिल्ला समन्वय समिति उप–प्रमुख विएम, गाउँपालिका अध्यक्ष केसी, ओरेक नेपालीकी कार्यक्रम संयोजक दिपा धिताल लगायतको सहभागिता रहेको थियो ।।