Kakhara सबैको खबर सम्पूर्ण खबर
‘देवगण’को निधनमा माओवादी केन्द्र मुसीकोट ६ द्धारा शोक व्यक्त

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ६ ले पार्टीका वडा समिति सदस्य तथा पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर बिरबहादुर रावल (देवगण)को निधनमा शोक व्यक्त गरेको छ । उहाँको पौष ४ गते आईतबार निधन भएको थियो । 

पार्टीका वडा अध्यक्ष मिलन बोहरा र सचिव दिपेन्द्र महताराले आज एक विज्ञप्ती जारी गर्दै रावलको निधनले पार्टीलाई अपूरणीय क्षेति भएको बताउनुभएको छ । ‘शोकको घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गदर्छ । शोकमा परेको परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दै सम्पुर्ण पार्टी पक्तिलाई यस दुःखद घडीमा शोकलाई शक्तिमा बदल्न अपिल गदर्छ, विज्ञेप्तीमा भनिएको छ ।’

२०२५ साल जेठ २५ गते रुकुमको साबिक साँख गाविस वडा नम्बर ८, साउनेपानीमा जन्मनु भएका रावल जनयुद्ध सुरु अघिनै पार्टीमा भुमिगत हुनुभएको थियो । २०५१ सालमा योङ कम्युनिष्ट लिग नेपालमा आबद्ध रहि २०५२ साल फागुन भन्दा पछि सुरक्षा दलको सदस्य, २०५४ सालमा स्क्वाईट दलको सदस्य रहेको पार्टीले जनाएको छ । 

त्यस्तै २०५५ सालमा प्लाटुन सदस्य हुदै जनमुक्ति सेनाको बिभिन्न फर्मेसनमा काम गर्दै कम्पनी कमाण्डर सम्मको जिम्मेवारी प्राप्त गर्नुभएका रावलले शान्ति प्रक्रिया पछि जिल्ला सल्लाहकारको रुपमा रहनुभएको थियो । भरखरै सम्पन्न वडा सम्मेलनबाट उहाँ वडा समितिमा निर्वाचित हुनुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update