Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एस मुसीकोट ९ को अध्यक्षमा युवराज 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) मुसीकोट नगरपालिका ९ को प्रथम वडा भेला सम्पन्न भएको छ । भेलाबाट युबराज ओलीको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष डिल्ली ओली र  राजेन्द्र केसी ,सचिव प्रेमप्रकाश खड्का, सह सचिव  तारा खड्का र कोषाध्यक्षमा सीता खड्का चयन हुनुभएको छ । पार्टीका नगर कमिटी अध्यक्ष दिपकराज खड्काको प्रमुख आतिथ्यता र युवा संघ नेपाल रुकुम पश्चिमका सचिव सर्वजित खड्काको विशेष आतिथ्यतामा भेला भएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update