Kakhara सबैको खबर सम्पूर्ण खबर
कुनाखेतको ब्याडमिन्टनमा भावेश र शिद्धार्थको जोडि प्रथम 

रुकुम पश्चिमकाे बाँफिकोट गाउँपालिका २ मा कुनाखेत मेलाको अवसरमा आयोजित पुरुष डबल ब्याडमिन्टनमा भावेश बोहरा र शिद्धार्थ केसीको जोडि प्रथम भएको छ । आज भएको फाइनलमा इश्वर रावल र महेन्द्र पुनको जोडिलाई पराजित गर्दै यो जोडि प्रथम भएको हो । नबिन बोहरा र सौगात मल्ल तथा खुबि शाही र समिर गिरीको जोडि सेमिफाईनलमा पुगेको थियो ।

पहिलो हुने जोडिले नगद ८ हजार, दोस्रोले ५ हजार तथा सेमिफाईलनमा पुग्ने दुई जोडिले नगद २ २ हजारको  साथमा मेडल र प्रमाण पत्र पाएको युवा तथा खेलकुद विकास समिति बाँफिकोटका अध्यक्ष जोखबहादर केसीले जानकारी दिनुभयो । प्रतियोगितामा २६ जोडिले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update