Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल निजामति कर्मचारी संगठनको अध्यक्षमा खिमप्रकाश शाह 

नेपाल निजामति कर्मचारी संगठन रुकुम पश्चिमको अध्यक्षमा खिमप्रकाश शाह चयन हुनुभएको छ । आज मुसीकोटमा भएको संगठनको ११ औं जिल्ला अधिवेशनबाट शाहको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा पुष्पराज ओली र हृदयकली पौडेल, सचिव उदिराम रोका र सह सचिव गोवर्धन बुढा र कोषाध्यक्षमा उषा भट्टराई चयन हुनुभएको छ । संगठनको ११ औं जिल्ला अधिवेशन मुसीकोट खलंगामा भएको थियो । अधिवेशनको संगठनका केन्द्रीय सदस्य लेखनाथ कोइरालाले उद्घाटन गर्नुभएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update