Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि मन्त्री रायमाझी अर्गानिक जिल्ला रूकुम पूर्वको अनुगमनमा
मन्त्री रायमाझि ।

लुम्बिनी प्रदेश कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी प्रदेशको एक मात्र हिमाली र अर्गानिक जिल्ला रूकुम पूर्वको अवलोकनमा व्यस्त रहनुभएको छ । ५ गते राती जिल्लामा पुग्नुभएका मन्त्रीले जिल्लाका विभिन्न ठाउँमा प्रदेश सरकारको अनुदान मार्फत सञ्चालन भइरहेका कृषि कार्यक्रमहरुको अनुगमण गरिरहनुभएको छ ।

६ गते भूमे गाउँपालिकाको वडा नम्बर ९ चुनबाङमा सञ्चालित विभिन्न कार्यक्रमको आयोजनाकाे अनुगमण गर्नुभएका उहाँले भूमे गाउँपालिकामा रहेको एकीकृत मारिङ अनुसन्धान केन्द्र, खाबाङ बगरमा रहेको सहकारी बजारको पनि अनुगमण गर्नुभएको छ ।

यसका साथै लुकुममा रहेको स्मार्ट भेडा पालन मिसन कार्यक्रम, मावि लुकुममा बन्दै गरेको बहुप्राविधिक शिक्षालय, समृद्धि महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सिमाले उत्पादन गरिरहेको तरकारी खेतिको समेत कृषि मन्त्री रायमाझीले अवलोकन गर्नुभएको छ । अवलोकणपछि प्रतिक्रिया दिदै मन्त्री रायमाझीले भूमेमा सञ्चालित कृषिका कार्यक्रमबाट स्थानीय कृषकले राम्रै लाभ लिइरहेको पाइएको बताउनुभयो ।

जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न माग गर्दै कृषकले मन्त्री समक्ष कृषि अनुदानका माग पत्र समेत पेश गरेका छन् । कृषकको मागलाई मन्त्रालयले आवश्यकताको आधारमा थपघटको लागि पहल गर्ने बताउनुभयो । वास्तविक कृषक अनुदानदेखि टाढा रहेको भन्ने जनगुनासोलाई जिल्ला स्थित मन्त्रालय मातहतका कार्यालयले ध्यान दिनु पर्ने भनाई उहाँको थियो । 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update