बाग्मति प्रदेशमा हुन लागेको मेयर कपमा सहभागिताका लागि कर्णाली प्रदेश स्तरीय छनौट खेल्न रुकुम पश्चिमबाट ११ जना तेक्वान्दो खेलाडि सुर्खेत गएका छन् । जिल्ला स्तरीय छनौट प्रतियोगिताबाट विभिन्न तौल समुहमा छनौट भइ ११ जना खेलाडि सुर्खेत गएका हुन् ।
छात्र तर्फ ५ र छात्रा तर्फ ६ छना खेलाडिले प्रदेश छनौटमा भाग लिन लागेको जिल्ला तेक्वान्दो संघ रुकुम पश्चिमका अध्यक्ष भद्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार केटा तर्फ ४०–४३ केजिमा सुरेश खड्का, ४३ देखि ४६ केजिमा कमल खड्का, ४६–५० केजिमा हरी बिक, ५८–६३ केजिमा दिपेन्द्र बुढा र ६३–६८ केजि मुनि डिल्लीबहादुर शर्माले प्रतिस्पर्धा गर्दै छन् ।
त्यस्तै केटी तर्फ ६ वटा तौल समुहमा जिल्लाबाट प्रतिस्पर्धा हुने अध्यक्ष खड्काले बताउनुभयो । ३७–४० केजि मुनि टीका ओली, ४०–४३ केजि मुनि दीपा चनारा, ४३–४६ केजि मुनि बर्षा बिसी, ४६–४९ केजि मुनि दुर्गा शर्मा, ४९–५३ केजि मुनि रोशनी जि.एम र ५३–५७ केजि मुनि निशा केसीले प्रदेशमा प्रतिस्पर्धा गर्ने छिन् ।
प्रदेश छनौट भोलीबाट सुर्खेतमा सुरु हुँदै छ । ८–१० पौषसम्म संचालन हुने प्रदेश छनौटबाट छनौट भएका खेलाडिहरुले पुष १५–१७ सम्म काठमाडौंमा हुने मेयर कपमा खेल्न पाउँने छन् । रुकुम पश्चिममा मंगलबार छनौट प्रतियोगिता संचालन भएको थियो । खेलाडिहरु प्रदेश छनौटमा सहभागि हुन आज सुर्खेत पुगिसकेका छन् ।।