Kakhara सबैको खबर सम्पूर्ण खबर
छुट दिईएको भाडादर कार्यान्वयन गर्न अखिल क्रान्तिकारीको माग 

विप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमले पनि यातायात भाडामा तोकिएको सहुलियत कार्यान्वयनको माग गरेको छ । आज कर्णाली प्रदेशका १० वटै जिल्ला प्रशासन कार्यालयललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम  पश्चिममा पनि ज्ञापन पत्र बुझाउदै संगठनले बिद्यार्थी, अपांग र जेष्ठ नागरिकका लागि यातायात भाडादरमा राज्यले दिएको सहुलियतको पूर्ण कार्यान्वयनको माग गरेको हो । 

कार्यान्वयन नभए कडा संघर्षमा उत्रिने संगठनले चेतावनी दिएको छ । नेपाल सरकार र संयुक्त विद्यार्थी संठन बिच भएको सहमतिलाई तत्काल कार्यान्वयन गरि यातायातमा बिद्यार्थीलाई ४५  प्रतिशत र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत भाडा तत्काल छुट गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । 

गुणस्तर हिन र मापदण्ड नाघेका यातायातका साधनको तत्काल अनुगमन गरि त्यस्ता साधन संचालनमा रोक लगाउन पनि संगठनले माग गरेको छ । त्यस्तै दुर्घटनालाई रोक्न तत्काल सडकको बैज्ञानिक स्तरबाट अध्ययन गरि सडक निर्माण तथा मर्मत गर्न समेत संठनको माग छ । 

जिल्ला भित्र रहेका मुख्य सार्वजनिक स्थान बसपार्क, सेमिनार र अन्य स्थानहरुलाई व्यबस्थित र मर्यादित बनाउन, छात्राको आत्मरक्षाका लागि एक विद्यालय एक छात्रा तालिम केन्द्रको व्यवस्था गर्न पनि ज्ञापन पत्र मात्र अखिल क्रान्तिकारीले माग गरेको छ । माग पुरा नभए चरणबद्ध संघर्षमा उत्रिने उसको चेतावनी छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update