Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजार अनुगमण

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिरेन्द्रनगर सुर्खेतको टोलीले रुकुम पश्चिमको सदरमुकाम खंलगामा बजार अनुगमण गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा अनुगमण गरिएको हो । उक्त टोलीले खंलगामा रहेका किराना, खाद्य पसलका साथै विभिन्न खाजाघर तथा होटेलहरुको अनुगमण गरेको हो ।अनुगमणको क्रममा पहिलेको वर्ष भन्दा केही सुधार देखिएको छ ।

अनुगमणको क्रममा म्याद गुज्रिएको सामान जफत गरी नष्ट गरिएको छ । त्यस्तै दर्ता नविकरण, मूल्यसुचि लगायत हेरिएको थियो । त्यस्तै सदरमुकाममा रहेका खाजा घरहरुमा अखाद्य बस्तुको प्रयोग हुने गरेको पाईएको खाद्य निरीक्षक पदम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार बजारका होटेल तथा खाजाघरमा बनाईने परिकारमा विभिन्न परिकारका रङ अत्याधिक प्रयोग भएको पाईएको छ । खानै नमिल्ने रङ प्रयोग भएको उहाँका भनाई छ ।

तारेको खानामा रङको प्रयोगले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले त्यस्तो बस्तु प्रयोग नगर्न उहाँले निर्देशन दिनुभयो । जिल्लाका स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले किराना पसल तथा अन्य पसलहरुमा अनुगमण गर्ने गरेको भए पनि होटल तथा खाजा घरहरुमा भने अनुगमण नगर्दा होटल तथा खाजा घरहरुमा बढि कैफिएत भेटएको अनुगमण टोलीको निश्कर्ष छ । त्यस्तै अनुगमण टोलीले खंलगामा रहेको तिन वटा पाउरोटी उद्योगको पनि अनुगमण गरेको छ ।

कालिकास्थानमा रहेको कालिका डरी तथा बेकरी उद्योग, माथिल्लो वजारमा रहेको समिक्षा पाउरोटी उद्योग र तल्लो बजारमा रहेको पोखरेली पाउरोटी उद्योगमा अनुगमण गरिएको हो । पोखरेली पाउरोटी उद्योगमा धेरै फोहोर रहेको खाद्य निरिक्षक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार भट्टिबाट पाउरोडि पकाउने भएकाले सरसफाई ध्यान नदिएको उहाँको भनाई  छ ।।
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update