Kakhara सबैको खबर सम्पूर्ण खबर
सेल, टोल सम्म जवस गठन, पुर्नगठन गर्ने माओवादी बाँफिकोटको निर्णय

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले पार्टी निर्माणमा लाग्ने निर्णय गरेको छ । विहीबार बसेको पूर्ण बैठकले सेल, टोल र वडामा पार्टी सँगसँगै जनवर्गिय संगठन निर्माण र क्रियाशिल बनाउने निर्णय गरेको हो । दाेस्राे सम्मेलनपछि पालिकाकाे पहिलाे बैठक बसेकाे हाे ।

हरेक वडा, टोल र सेलमा पार्टीका सबै जनवर्गिय संगठन गठन, पुर्नगठन तथा परिचालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । वडा इन्चार्ज, वडाध्यक्ष र सचिव तथा सम्बन्धित जनवर्गिय संगठनका इन्चार्जको प्रत्यक्ष उपस्थितिमा जनवर्गिय संगठन निर्माण गर्ने र सक्रिय बनाउने गरी निर्णय भएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

बैठकले हरेक उपभोक्ता समितिसित अन्तरक्रिया तथा छलफल गर्ने, विकासे आयोजनाको अनुगमन गर्ने र प्रतिवेदनका आधारमा थप निर्णय गर्ने निर्णय गरेको छ । सरकारबाट भएका विभिन्न विकास निर्माणका कामको प्रचार प्रसारमा पनि पार्टी लाग्ने गरी निर्णय भएको अध्यक्ष केसीले बताउनुभयो । पार्टीको बैठकले कमाण्ड तथा वडा इन्चार्जको साथै १९ जनाको सचिवालय समेत गठन गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update