Kakhara सबैको खबर सम्पूर्ण खबर
देवगणकाे श्रदाञ्जली सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुसीकाेट नगरपालिका वडा समिति रुकुम पश्चिमले श्रदाञ्जली सभा सम्पन्न गरेकाे ५ । वडा पार्टिले यही पुस ४ गते निधन हुनुभएका पार्टीका वडा समिति सदस्य तथा पूर्व जनमुक्ति सेना नेपालका कम्पनी कमाण्डर बिरबहादुर रावल (देवगण) को श्रदान्जलि सभा सम्पन्न गरेको हाे । उहाँको पुण्य तिथिको अवसर पारी पार्टी ले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश समिति सदस्य जयबहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा,पार्टीका प्रदेश परिषद सदस्य भानु मल्ल,जिल्ला पार्टी सल्लाहाकार भद्रबहादुर बोहोरा,नगर समिति सदस्य नारायण के सी, मिनबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

श्रञ्दाणजली सभामा बोल्दै प्रदेश समिति सदस्य पाण्डेले देवगणले व्यवस्था परिवर्तनका लागि गरेकाे याेगदानकाे पार्टीले उच्च मूल्या‌कन गर्ने बताउनुभयाे । वडा पार्टी ध्यक्ष मिलन बोहोराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र महताराले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update