Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटले तोक्यो कमाण्ड इन्चार्ज
माओवादी केन्द्र बाँफिकोटको दोस्रो गाउँ सम्मेलनमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले कमाण्ड इन्चार्ज तोकेको छ । दोस्रो सम्मेलनपछिको पहिलो बैठकले साविकका गाविसलाई कमाण्डमा विभाजन गरेर कमाण्ड इन्चार्ज तोकेको हो ।

बैठकले ९ नम्बर वडा बाहेकका सबै  वडाको इन्चार्ज पनि तोकेको छ । पार्टी अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार पुस ७ गतेको पदाधिकारी बैठक र ८ गतेको पालिका समिति बैठकले कमाण्ड इन्चार्ज, वडा इन्चार्ज तथा सचिवालय गठन गरेको हो । 

कमाण्ड इन्चार्ज
१ र २ नम्बर वडाको कमाण्ड इन्चार्जमा धनबहादुर खत्रीलाई चयन गरिएको छ । यी दुवै वडा साविक पिपल गाविसमा पर्छन । खत्री पालिका समितिको कोषाध्यक्ष हुनुहुन्छ । ३, ४ र ५ नम्बर वडाको कमाण्ड इन्चार्जमा झरना शाहीलाई तोकिएको छ । पालिका समितिको उपाध्यक्ष रहेकी शाहीलाई पालिकाको बैठकले यो कमाण्डको इन्चार्ज बनाएको हो ।

अर्का उपाध्यक्ष नरबहादुर खत्रीको कमाण्डमा ६ र ७ नम्बर वडा रहने छन् । साविक मग्मा गाविसमा पर्ने यी दुवै वडाको इन्चार्जसिप खत्रीले गर्नुहुने छ । ८ नम्बर वडाको कमाण्ड इन्चार्ज अर्का उपाध्यक्षा शेरु विकलाई तोकिएको छ । पालिकाका सहसचिव हरि चन्दको कमाण्ड ९ र १० नम्बर वडामा रहने गरी निर्णय गरिएको पार्टी अध्यक्ष केसीले बताउनुभयो । 

यी हुन वडा इन्चार्ज
बैठकले वडा इन्चार्ज पनि तोकेको छ । १ नम्बर वडाको इन्चार्ज पवनकुमार चन्द, २ नम्बर वडाको मैसर बुढा क्षेत्री, ३ नम्बर वडाको इन्चार्जमा बेगम देवकोटालाई चयन गरिएको छ । ४ नम्बर वडाको इन्चार्जमा खिमप्रकाश पुरी, ५ नम्बर वडाको इन्चार्ज दक्ष पुन र ६ नम्बर वडाको इन्चार्जमा मनोज अधिकारीलाई तोकिएको छ । ७ नम्बर वडाको इन्चार्जमा नगेन्द्र रिजाल, ८ नम्बर वडाको इन्चार्जमा मनबहादुर केसी र १० नम्बर वडाको इन्चार्जमा तारा बुढा तोकिनु भएको छ । ९ नम्बर वडाको इन्चार्ज भने पछि तोकिने बताइएको छ । 

पालिका सचिवालय 
पालिका समितिका ७ पदाधिकारी सहित १९ सदस्यीय सचिवालय बनाइएको छ । सचिवालयमा चन्द्रबहादुर केसी, नरबहादुर खत्री, झरना शाही, शेरु विक, हर्कु मल्ल रहेका छन् । यसैगरी हरि चन्द, धनबहादुर खत्री, पवन चन्द पनि सचिवालयमा छन् ।

मैसर बुढा क्षेत्री, बेगम देवकोटा, खिमप्रसाद पुरी, दक्ष पुन र मनोज अधिकारी पनि सचिवालयमा छन् । नगेन्द्र रिजाल, मनबहादु केसी, तारा बुढा, सीता खड्का र मनकला पुनलाई पनि पालिकाको सचिवालयमा राखिएको छ । सचिवालय पदाधिकारी, वडा इन्चार्ज र अरु केहीलाई समेटर बनाइएको अध्यक्ष केसीले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update