Kakhara सबैको खबर सम्पूर्ण खबर
सिभिल बैंक मुसीकाेटले बाँढ्याे वार्षिकाेत्सवमा छात्रवृत्ति
जागृती माविमा कक्षा ९ मा अध्ययनरत धनमाया बिकलाई छात्रवृत्ति प्रदान गर्दै सिभिल बैंक मुसीकाेट शाखा प्रवन्धक नारायण पाण्डे ।

सिभिल बैंक लिमिटेड मुसीकोट शाखाले आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति वितरण गरेको छ । बैंकले मुसीकोट नगरपालिका वडा नम्बर ७ मा रहेको जन जागृती माविमा कक्षा ९ मा अध्ययनरत छात्रा धनमाया बिकलाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रालाई शुक्रबार ५ हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको बैंकका मुसीकोट शाखा प्रवन्धक नारायण पाण्डेले जानकारी दिनुभयो ।

बैंकले स्थापना काल देखि नै देशभरमा विभिन्न सामाजिक कार्य गर्दै वार्षिकोत्सव मनाउने गरेको छ । जसअन्तरगत रुकुम पश्चिमको मुसीकोट शाखाले पनि वेर्षेनि विभिन्न कार्यक्रम गर्दै आएको छ । बैंकले हरेक वर्ष गरिब, असहाय, विपन्न तथा जेहेनदार बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरेको छ । त्यस्तै विभिन्न आर्थिक क्रियाकलाप संग सँगै सामाजिक उत्तरदायित्वमा समेत बैंक सहभागी हुँदै आइरहेको छ । आगामी दिनमा समेत यसलाई जारी राख्ने बैंकका मुसीकोट शाखा प्रवन्धक पाण्डेले बताउनुभयो । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update