रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङमा धामी झाँक्री र अन्यलाई आँखा तथा कान स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । नेपाल नेत्रज्वती संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम (सिविएम) नेपालको आयोजना, मुसीकोट नगरपालिकाको समन्वय र आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा तालिम सञ्चलन भएको हो ।
वडाका १४ जना धामी झाँक्री र २५ जना अन्यलाई तालिम प्रदान गरिएको छ । आँखाको सामान्य समस्याका कारण कुनै पनि व्यक्ति दृष्टिबिहीन र कानको सानो समस्याका कारण कुनै पनि व्यक्तिले श्रवनशक्ति नगुमाउन भन्ने उद्श्यका साथ तालिम दिईएको हो ।
तालिममा आँखा तथा कानमा आएको समस्याको पहिचान कसरी गर्ने, चोट पटक लागेमा आखालाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा सिकाईएको छ । त्यस्तै आखा तथा कानमा सानो समस्या आउदा गाउँमा धामी झाक्रिकोमा गएर उपचार गर्ने प्रचलन भएकाले पनि आखा तथा कानमा समस्या भएकाहरुलाई झनै समस्या हुने गरेको कारण पनि आखामा समस्या भएकाहरुलाई जे पायो तेहि उपचार बिधि नअपनाउन धामी झाक्रिलाई आग्रह गरिएको थियो ।
सोलाबाङमा रहेको बालकल्याण माध्यामिक बिद्यालयमा भएको तालिममा आखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसीले सहभागिलाई आँखा तथा कानको स्वास्थ्य सम्बन्धि जानकारी दिनुका साथै प्रशिक्षण गराउनुभएको थियो ।