Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पूर्वको जिल्ला अधिवेशन एक महिना पछि सारीयाे
जिल्ला कमिटि बैठकमा सहभागिहरु ।

नेकपा एमाले रुकुम पूर्वले जिल्ला अधिवेशन एक महिना पछि सार्ने भएको छ । आज रुकुमकोटमा बसेको जिल्ला कमिटि बैठकले आगामी माघ २२ र २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा एमालेले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

हिमाली जिल्लालाई तोकिएको समय तलमाथि गर्ने विकल्प पनि भएकाले सोही विकल्पमा टेकेर एक महिना पछि जिल्ला अधिवेशन सारीएको जिल्ला सचिव लिलामणि गौतमले जानकारी दिनुभयो । बैठकले माघ ७ गते  नेपालगञ्जमा हुने पार्टीको प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि पुस २८ गते जिल्ला भेला गर्ने निर्णय पनि गरेको छ ।

आगामी फागुन मसान्त भित्रै पार्टीका सबै जनवर्गिय संगठनको जिल्ला अधिवेशन सक्ने गरी निर्णय गरिएको सचिव गौतमले बताउनुभयो । बैठकले पार्टीका पोलिटव्युरो सदस्य खेममान खड्का र केन्द्रीय सल्लाहकार चुडामणि गौतमलाई बधाई ज्ञापन गरेको छ ।

माओवादी केन्द्र परित्याग गरेर भूमे गाउँपालिका ८, कोर्जाका ३ युवालाई स्वागत गरिएको छ । कोर्जाका मोतिराम खड्का, नन्दलाल ओली र विकास ओली नेकपा एमालेमा प्रवेश गरेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update