Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ३ बैरेनीतरामा क्रिकेट मैदान बन्दै

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ३ बैरेनीतरामा खेल मैदान निर्माणको काम जारी छ । जनजागरण युवा क्लव र  बैरेनीटापु नमुना कृषक समुहको साझेदारीमा खेल मैदान निर्माण भैरहेको हाे । शुक्रबारबाट निर्माण कार्य सुरु भएकाे हाे ।

वडा अध्यक्ष कप खेलकूद संचालन गर्न सहज होस् भनेर क्लव र समुहको साझेदारीमा  खेल मैदान निर्माण हुन लागेको बताईएकाे छ । उक्त मैदान विशेष गरी क्रिकेट मैदानका रूपमा निर्माण हुन लागेकाे गाउँ खेलकुद विकास समितिका सदस्य सचिव बालकुमार नकालले जानकारी दिनुभयाे । उहाँका अनुसार पालिकालाई नै  लक्षित गरेर क्रिकेट मैदान निर्माण भइरहेको हाे ।

क्रिकेट पिचको लागी दुईवटा टिपरले माटो ढुवानी गरिरहेका छन् । छिटै क्रिकेटको पिच बन्ने उहाँले बताउनुभयो । खेल मैदानको करिब २ सयमिटर  लम्वाई र २ सय मिटर नै चौडाई रहेको बर्ताइएको छ । यो खेल मैदान निर्माणका लागि विभिन्न यसक्षेत्रका युवाहरूले सहयोग गरेका छन् ।  यो खेल मैदान निर्माण भए लगत्तै माघ १० गते बाट वडा अध्यक्ष कप संचालन गर्ने जनजागरण युवा क्लव का अध्यक्ष बिकल्प बिकले बताउनुभयो।

यो खेल मैदान बनेमा पालिकामा क्रिकेट गतिबिधि बड्ने उहाँको विश्वास छ । क्रिकेट, भलिबल, ब्याटमिन्टन लगाएतका खेलको नियम अनुसार कोर्ड निर्माण हुने उहाँले बताउनुभयो । साथै यो ठाउँ सानीभेरी गाउँपालिकाको केन्द्र देखी नजिकै भएकोले गाउँपालिकाका सबै वडालाई पायक पर्ने र ठुलाठुला प्रतियोगिता समेत यही मैदानमा गर्ने लक्ष छ । 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update