Kakhara सबैको खबर सम्पूर्ण खबर
तेक्वान्दोको प्रदेश छनौटमा रुकुम पश्चिमलाई ४ स्वर्ण 
६२ देखि ६७ केजि तौल समुह तर्फ स्वर्ण पदक विजेता रुकुम पश्चिमका डिल्लीप्रसाद शर्मा पुरस्कार ग्रहण गर्दै ।

पुष १५–१७ गतेसम्म काठमाडौंमा हुन लागेको मेयर कपका लागि भएको कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनौट प्रतियोगितामा रुकुम पश्चिमले ४ स्वर्ण हात पारेको छ । विभिन्न तौल समुहमा केटा र केटी तर्फ ११ जना खेलाडिले छनौट प्रतियोगितामा भाग लिएकामा ४ खेलाडिले प्रथम हुँदै स्वर्ण पदक हात पारेका छन् । 

केटा तर्फ ६२–६७ केजि तौल समुहमा डिल्लीप्रसाद शर्माले स्वर्ण पदक जितेका छन् । त्यस्तै केटी तर्फ निशा केसीले ५३–५७ केजि तौल समुह र दीपा चनाराले ४३–४६ केजि तौल समुहमा प्रथम हुँदै स्वर्ण पदक हात पारेको जिल्ला तेक्वान्दो संघ रुकुम पश्चिमका अध्यक्ष भद्रबहादुर खड्काले जानकारी दिनुभयो । 

एउटा स्वर्ण भने महिला ग्रुपिङ पुंसेमा प्राप्त भएको हो । केटी तर्फ ४६–४९ केजि तौल समुहमा रोशनी जि.एम. दोस्रो हुँदै रजत पदक जित्न सफल भएको खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाले ग्रुप पिएर पुंसे तर्फ एउटा रजत पदक हात पारेको छ । 

समान ४३–४६ केजि तौल समुहमा वर्षा बिसी र कमल खड्का तृतिय भएका छन् । यसबाट २ वटा काश्य पदक प्राप्त भएका छन् । प्रतियोगितामा समग्रमा रुकुम पश्चिम दोस्रो भएको अध्यक्ष खड्काले बताउनुभयो । समग्रमा सुर्खेत प्रथम भयो । प्रथम हुने खेलाडिहरुले पुष १५–१७ गतेसम्म काठमाडौंमा हुने मेयर कप राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँने छन् । 
   
 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update