रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ५ वर्ष मनिका दलित बालबालिकाहरुलाई १० हजार नगद वितरण गरिएको छ । यसअघि सामाजिक सुरक्षा प्राप्त गरिरहेका ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई १० हजार रुपैंया वितरण गरिएको नागरपालिकाले जनाएको छ ।
यूनिसेफ नेपालको आर्थिक सहयोगमा नगरपालिकाले १४ वटै वडाका ८ सय बालबालिकालाई नगद वितरण गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाजंग ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पौष ७ गतेबाट आजसम्म नगर भरका ५ वर्ष मुनिका दलित बालबालिकाहरुलाई नगद सहयोग गरिएको उहाँको भनाई छ ।
पौष ७ गतेबाट नगद वितरण गर्न सुरु गरिएको थियो । दलित बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप प्रति बालबालिका १० हजारका दरले नगद प्रदान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । यसअघि नगरभरका ५ वर्ष मुनिका दलित बालबालिकाहरुले मासिक साढे ५ सयका दरले नियमित रुपमा सामाजिक सुरक्षा भत्ता पाईरहेका छन् ।
अहिले सोही भत्ता पाईरहेका बालबालिकाहरुलाई नगद प्रदान गरिएको हो । बालबालिकाको पालन पोषण र शिक्षामा सहयोग पुर्याउनका लागि यूनिसेफले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।।