Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणिको मयुर नाच प्रज्ञा भवनमा

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको मयुर नाच प्रज्ञा भवनमा प्रर्दशन भएको छ । त्रिवेणि कला, साहित्य, संस्कृति संरक्षण मञ्चले गाउँपालिकामा नाचिने मयुर नाच काठमाण्डौंको प्रज्ञा भवनमा प्रर्दशन गरिएको हो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा रुकुम पश्चिमको मयुर नाचले चर्चा बटुल्यो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको निमन्त्रणामा काठमाण्डौं सम्म पुगेर मयुर नाच प्रर्दशन गरेको त्रिवेणि कला, साहित्य, संस्कृति संरक्षण मञ्चका सचिव कुवेर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ गतेको उद्घाटन समारोह र १२ गतेको बन्द शत्रमा पनि मयुर नाच प्रर्दशन गरिएको छ ।

प्रज्ञा भवनको हल तथा डबलीमा मयुर नाच प्रर्दशन गरिएको थियो । नाचले एउटा प्रभाव छाडेको सचिव ओलीले बताउनुभयो । जिल्लामा सिमित हाम्रो मयुर नाच अब राष्ट्रव्यापी भएको महशुस गरेका छौं, सचिव ओलीले भन्नुभयो, गाउँ घर जिल्लामा देखाइरहेको हाम्रो कला राजधानीसम्म देखाउन पाइयो ।

यसले रुकुम पश्चिमको थप पहिचान दिलाएको सचिव ओलीले बताउनुभयो । मयुर नाचप्रति उपस्थित धेरैको चासो र ध्यान तानिएको थियो । त्यसकै लागि गाउँपालिकाबाट ४७ जनाको कलाकर्मीको टोली काठमाण्डौं पुगेको छ । त्यस अघि दाङको तुलसीपुरमा आयोजित महोत्सवमा पनि मयुर नाच प्रर्दशन गरिएको थियो । 


 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update