Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र बाँफिकोटले सबै वडामा प्रशिक्षण चलाउने
बैठकमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले वडा वडामा पार्टीको प्रशिक्षण चलाउने निर्णय गरेको छ । सोमबार बाँफिकोटको कोटमा बसेको वडा इन्चार्ज, वडाध्यक्ष र वडा सचिव सहितको बैठकले पालिकाका दश वटै वडामा पार्टीको प्रशिक्षण चलाउने निर्णय गरेको हो ।

बैठकले मिति नै तोकेर पार्टी प्रशिक्षण चलाउने निर्णय गरेको अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार बाँफिकोट गाउँपालिकाको २ नम्बर वडाबाट प्रशिक्षण कार्यक्रम सुरु हुने छ । पुस २० गते २ नम्बर वडामा, २१ गते ३ नम्बर वडामा २२ गते ४ नम्बर वडामा र २३ गते ५ नम्बर वडामा पार्टी प्रशिक्षण हुने छ ।

२५ गते ६ नम्बर वडामा, २६ गते ७ नम्बर वडामा, २८ गते ८ नम्बर वडामा र २९ गते ९ नम्बर वडामा प्रशिक्षण चलाउने गरी निर्णय गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । माघ ३ गते १० र ४ गते १ नम्बर वडामा प्रशिक्षण आयोजना गरिएको छ । त्यतिबेलासम्म राष्ट्रिय महाधिवेशन सकिने र त्यसका निर्णय समेत आइसक्ने भएको त्यसको भाव सम्प्रेशन सहितको पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

पार्टी सदस्य, शुभचिन्तक, समर्थक र आम जनता सहभागि हुने गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ । बैठकमा पार्टीका गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष झरना चन्द, सेरु विक, सचिव हर्कु मल्ल लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update