Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल लगातार दाेस्राे पटक सेन्ट्रल जाेन भलिबलकाे च्याम्पियन बन्याे

नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए ।

त्यसपछि पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो । यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो  । पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update