चौरजहारीमा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी चित्रकला प्रतियोगिता हुने
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा मातृ तथा शिशु स्वास्थ्य सम्वन्धी चित्रकला प्रदर्शन कार्यक्रम सञ्चालन हुने भएको छ । नगरपालिकामा संचालित बहुक्षेत्रीय पोषण योजनाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । सामुदायिक र संस्थागत बिद्यालयमा अध्यनरत कक्षा १ देखी ८ सम्मका छात्र छात्रा १/१ जना प्रतियोगितामा सहभागि हुन पाउने नगरपालिकाले जानकारी दिएको छ । उक्त कार्यक्रम यहि पौष १९ गते सोमबाका दिन विहान ११ बजे देखि नगरपालिकाको सभाहलमा संचाललन हुने नगरपालिकाले सूचना जारी गरेर जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ १५:५५
प्रतिक्रिया दिनुहोस्