रूकुम पश्चिमकाे त्रिवेणि गाउँपालिकाका विभन्न ठाउँमा हिमपात भएकाे छ । उच्च पहाडि क्षेत्रमा पर्ने वडा नम्बर २ सहित विभिन्न ठाउँमा हिमपात भएकाे हाे । त्यस्तै मुसीकाेट नगरपालिकाका केही ठाउँमा समेत हिमपात भएकाे छ । हिजो राती हिमपात भएकाे स्थानीयले बताएका छन् ।
त्रिवेणि २ का गैरिनेटा, बादरपानी, बेतखोला लगायत मुसीकोट नगरपालिका ११ खर्चिबाङमा पनि हिमपात भएको छ ।हिमपात भएसंगै यहाँको जन जीवन संगै पशु चौपायलाई समेत समस्या भएको छ । लगातार ४ दिन देखि यहाँका मानिसले आफ्नो नियमित काम गर्न सकेका छैनन् ।
माैसम प्रतिकुल भएका कारण दैनिक कामकाजमा समस्या भएकाे स्थानीय भिमबहादुर ओलीले बताउनुभयाे । वर्षासंगै भएकाे हिमपातले खेतीपातीलाई भने फाईदा भएकाे भन्दै स्थानीय हर्षित छन् । लामाे समयपछि हिमपात हुँदा हिउँमा स्थानीय रमाउदै फोटा खिचाइरहेका छन् ।