Kakhara सबैको खबर सम्पूर्ण खबर
एकीकृत अखिल नेपाल शिक्षक संगठनको गाउँपालिका अनुदान समिति गठन
भेलामा सहभागि शिक्षकहरु ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा गाउँपालिका अनुदान शिक्षकहरुको पालिका स्तरीय समिति गठन भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध अनुदान शिक्षकहरुको भेलाले पालिका स्तरीय समिति निर्माण गरेको हो ।

नविनप्रसाद शर्माको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको छ । आज बाँफिकोट गाउँपालिकामा भएको भेलाले समितिको उपाध्यक्षमा तिलकराम शर्मा, सचिवमा मोहन देवकोटा, सह सचिवमा शिवराज ओली र कोषाध्यक्षमा सपना केसी चयन भएका छन् ।

भेलाले आफू कार्यरत रहेको विद्यालयको पठनपाठन व्यवस्थित बनाउने, गुणस्तरीयतामा ध्यान दिने निर्णय गरेको छ । यसैगरी अनुदान शिक्षकहरुको श्रम अनुसारको पारीश्रमिक निर्धारण गर्न गराउनका लागि पेशागत संघ संगठनको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बाँफिकोटका उपाध्यक्ष विष्णु खड्काको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसी, उपाध्यक्ष नरबहादुर खत्री, झरना शाही, एकीकृति अखिल नेपाल शिक्षक संगठनका रुकुम पश्चिम इन्चार्ज शेरविर दाहाल, अखिल क्रान्तिकारी रुकुम पश्चिमका कोषाध्यक्ष किरण विकको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update