Kakhara सबैको खबर सम्पूर्ण खबर
नेराकस रुकुम पश्चिमको जिल्ला अधिवेशन आयोजक समिति गठन 

नेपाल राष्ट्रिय कर्मचारी संगठन रुकुम पश्चिमको पाँचाैं जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको छ । आज बसेको संगठनको बैठकले तेजबहादुर खत्रीको संयोजकत्वमा २५ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले पालिका अधिवेशनहरु सम्पन्न गरेर जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पहिलो पटक संगठन स्थानीय तहमा विस्तार हुन लागेको संगठनका जिल्ला सम्मेलन आयोजक समिति सदस्य जनक खड्काले जानकारी दिनुभयो । सबै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएपछि जिल्ला सम्मेलन हुने उहाँले बताउनुभयो । पालिका अधिवेशन कहिलेसम्म सक्ने र जिल्ला अधिवेशन कहिले गर्ने भनेर अर्को बैठकले निर्णय गर्ने बताईएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update