ढुङगाले लागेर महिला घाइते
थप उपचारका लागि नेपालगञ्ज लगियाे ।
प्रेम कुसारी
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ कि एक महिला ढुंगाले लागेर घाइते भएकी छिन् । वडा नम्बर ९ गिजाकि ४० वर्षिया मनकली नेपाली गिट्टी कुट्ने क्रममा ढुंगाले लागेर घाइते हुनुभएको हो । शुक्रबार दिउँशो गिट्टीका लागि ढुंगा तान्ने क्रममा ढुंगाले देब्रे खुट्टा लाग्दा नेपाली घाइते भएको बताईएको छ । उहाँको खुट्टामा गहिरो चोट लागेको छ । आठबीसकोट नगर अस्पतालमा सामान्य उपचार पछि नेपालीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली लामो समय देखि गिट्टी कुटेर गुजारा गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ ०९:२४
प्रतिक्रिया दिनुहोस्