मुसीकोट ११ का ९० जना बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ११ का बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडाले वडामा रहेका ६ वटा बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई कापि, कलम, झोला वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८/०७९ को वडागत रुपमा विनियोजित १ लाख ५० हजार रकमबाट ९० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको वडाले जनाएको छ ।
२ वटा माध्यमिक र ४ वडा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई सहयोग गरिएको हो ।ज्ञानोदय मावि लहुँ, जनकल्यान मावि भलाक्चा सरस्वती आधारभुत बिद्यालय सिप्री, बालधरम आधारभुत बिद्यालय स्याबाङ, बालचेतना आधारभुत बिद्यालय खर्चिबाङ र उपकार आधारभुत बिद्यालय कुसुमडाँडाका ९० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको वडाध्यक्ष पदमबहादुर पुनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८ १०:०७
प्रतिक्रिया दिनुहोस्