Kakhara सबैको खबर सम्पूर्ण खबर
४ महिनाको दुधे बालकको आमा झुन्डिएको भेटिइन्, घटना रहस्यमय

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक महिला झुन्डिएको अवस्थामा भेटिएकी छिन् । ९ नम्बर वडाकी २६ वर्षीया कमला खनाल आफ्नै घरको आफ्नै कोठामा सलले झुन्डिएको अवस्थामा भेटिएको परिवारले बताएको छ । कमलाको ४ महिना दुधे बालक छ ।

यद्यपी अरुले भने घना रहस्यमय भएको बताएका छन् । श्रीमानसँगै रहेका बेला झुन्डिएको भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ । शुक्रबार राति १० बजे कोठामा झुन्डिएको भेटिएको भनेर कमलाको घर परिवारले अरुलाई खबर गरेको थिए । घटनाको खबर आउन वित्तिकै प्रहरी घटना स्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले कमलाको झुन्डिएर मृत्यु भएको परिवारले बताइरहेको बताउनुभयो ।

यद्यपी घटना रहस्यमय भएकाले कमलाका श्रीमान २५ वर्षीय दिपक खनाललाई सोधपुछ गरिरहेको उहाँले जानकारी दिनुभयो । कमलाका माइती पक्ष आइरहेकाले शव सोही अवस्थामा राखिएको र घटनाको अनुसन्धान थलिएको उहाँले बताउनुभयो । माइती पक्ष पुगेपछि मात्रै शव पोष्टमार्टम गरिने जनाइएको छ । कमलाका श्रीमान दिपकलाई जिल्ला प्रहरीमा ल्याएर घटनाको थप अनुसन्धान गर्ने प्रहरी निरीक्षक शर्माले बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update