Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकाेटमा विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको संगठन निर्माण
भेलामा सहभागिहरु ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताको संगठन निर्माण भएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालयका सहायक कर्मचारी लेखापाल तथा बाल विकास सहजर्ताको भेलाबाट दुवैको संयुक्त पालिका स्तरीय समिति गठन गरिएको हो ।

नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाको आयोजना र पहलमा भएको भेलाले हरिराम  जैसीको अध्यक्षतामा समिति बनाएको हो । समितिको सचिवमा सदु विक र काेषाध्यक्षमा खिमा मल्ल चयन हुनु भएको छ । सदस्यहरुमा कमानसिंह विश्वकर्मा, खिमबहादुर खत्री, हेमन्त केसी, शसीराम ओली चयन हुनु भएको छ ।

यसैगरी कमल पुन मगर, सुमन विसी, सुमित्रा चन्द, रिता दाहाल र धनमाया विकलाई पनि सदस्यमा चयन गरिएको हो । विद्यालयका कर्मचारी र महिला सहजर्ताको व्यवसायिक एकताका लागि संगठन बनाइएको नेकपा माओवादी केन्द्र बाँफिकाेटका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो । नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाका अध्यक्ष केसी, उपाध्यक्ष शेरु विकको उपस्थितिमा भेला भएको थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बाँफिकोटका अध्यक्ष शशिराम दाहालको अध्यक्षतामा भएको भेलामा एकीकृत अखिल नेपाल शिंक्षक संगठन रुकुम पश्चिमका इन्चार्ज शेरविर दाहाल र अखिल क्रान्तिकारी रुकुम पश्चिमका कोषाध्यक्ष किरण विश्वकर्मा लगायतको पनि भेलामा आतिथ्यता रहेको थियो । भेलाबाट विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको तलब भत्ता श्रम अनुसार हुनुपर्ने र त्यसका लागि सबैले सहजिकरण गर्ने गरी निर्णय गरिएको अध्यक्ष हरिराम जैसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update