मेलगैरी कृषि सहकारी संस्था लिमिटेड बाँफिकोट गाउँपालिका वडा नंम्बर २ पिपल रुकुम पश्चिमको पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वडाको मेलगैरी सहीद स्मृति सहिद पार्कमा २०७७/७८ को वार्षिक प्रर्तिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन्न भएको हो । २०७२ फाल्गुन १३ गते देखि सञ्चालनमा आएको सहकारीले अहिले सम्म ६१ लाख ५० हजार २ सय ४ रुपैयाँ आम्दानी गरेको सहकारी अध्यक्ष गोकर्ण के सीले जानकारी दिनु भयो ।
सहकारीका लेखा संयोजक तेजेन्द्र खत्रीले प्रस्तुत गरेको २०७७/०७८ को आर्थिक प्रर्तिवेदनमा सहकारीको ९ लाख ५० हजार ७ सय तीन रुपैयाँ आम्दानी भएको छ । त्यस्तै प्रतिवेदन अनुसार ५ लाख ८९ हजार १ सय नौ रुपैयाँ खर्च भएको छ भने एक वर्षमा सहकारीले ३ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ खुद नाफा गरेको सहकारीको भनाई छ ।
सहकारीका अध्यक्ष गोकर्ण के सीको अध्यक्षता रहेको साधारण सभामा बाँफिकोट गाउँपालिका २ नंम्बर वडा अध्यक्ष धन बहादुर खत्री बाँफिकोट गाउँकार्यपालिका सदस्य मन बहादुर वादी गाउँकार्यपालिका महिला सदस्य जुन कुमारी के सी विभिन्न राजनितिक दलका प्रतिनिधी शिक्षक शेर सदस्य लगायतको उपस्थिती रहेको थियो । लेखा संयोजक तेजेन्द्र खत्रीको स्वागत मन्तब्य रहेको साधारण सभाको सञ्चालन सहकारीका सचिब लाल बहादुर के सीले गर्नु भएको थियो ।