Kakhara सबैको खबर सम्पूर्ण खबर
मेलैगैरी कृषि सहकारीको सञ्चालक समिति अध्यक्षमा लालबहादुर
नवनिर्वाचित पदाधिकारी ।

मेलगैरी कृषि सहकारी संस्था लिमिटेड बाँफिकोट गाउँपालिका २, रुकुम पश्चिमको सञ्चालक समिति अध्यक्षमा लालबहादुर केसी चयन हुनु भएको छ । आज भएको पाँचौ साधारण सभाले केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालका समितिको उपाध्यक्षमा जनकुमारी केसी, सचिवमा तेजेन्द्र खत्री र कोषाध्यक्षमा लक्ष्मी जैसी चयन भएका छन् ।

सञ्चालक समितिका अरु सदस्यमा पशुपती खत्री, देउसरा केसी, पुतला खड्का खत्री र धनकुमारी खत्री चयन भएका छन् । सञ्चालक समितिको एक जना सदस्य पछि थप गर्ने निर्णय भएको छ । निवर्तमान अध्यक्ष गोकर्ण केसीको अध्यक्षतामा पाँचौ साधारण सभा सम्पन्न भएको थियो । साभारण सभाले आर्थिक प्रतिवेदन पारीत गरिसकेको छ । 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update