Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय तेक्वान्दोमा रुकुम पश्चिमका डिल्ली तेस्रो 

काठामाडौंमा भएको मेयर कप अन्तरगतको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमका डिल्लीप्रसाद शर्मा तेस्रो भएका छन् । कर्णाली प्रदेशका तर्फबाट प्रतिस्पर्धा गरेका शर्मा तेस्रो भएका हुन् । उनले ६२–६७ केजि तौल समुहमा प्रतिस्पर्धा गरेका थिए । उनी सेमिफाईनलमा नेपाल आर्मीका खेलाडी संग पराजित हुन पुगे ।

जिल्लाबाट तीन जनाले कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय प्रतियोगिता खेलेकामा डिल्ली तेस्रो हुन सफल भए । प्रतियोगितामा कर्णाली प्रदेशले समग्रमा १० पदक हात पार्यो । रुकुम पश्चिमका शर्माले यस अघि पनि विभिन्न राष्ट्रिय प्रतियोगितामा मेडल प्राप्त गरिसकेका छन् । 


 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update