Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटमा माओवादी निकट व्यापारीहरुको संगठन निर्माण

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग  व्यापार संगठनको बाँफिकोट गाउँपालिका रुकुम पश्चिम गठन भएको छ । माओवादी केन्द्र बाँफिकोटको आयोजनामा छिन्खेत बजारमा भएको व्यापारीहरुको भेलाले संगठन निर्माण गरेको हो ।

संगठनको अध्यक्षमा शशिराम रिजाल चयन हुनु भएको छ । सचिवमा चन्द्रजंग मल्ल र कोषाध्यक्षमा पवितf खड्का चयन हुनु भएको छ । संगठन १४ सदस्यीय चयन गरिएको छ । दश वटा वडाकै व्यापारीलाई माओवादी केन्द्रले छिन्खेत भेला गराएको थियो ।

पार्टीमा आस्थावान व्यापारीहरुको संगठन निर्माणका लागि भेला आयोजना गरिएको भेलाबाटै संगठन पनि निर्माण भएको माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । पार्टीलाई सल्लाह सुझाव दिन तथा व्यापारीहरुका पार्टीप्रतिका गुनासा सुनुवाई र सम्बोधनका लागि पनि भेला गरिएको उहाँले बताउनुभयो । 

भेलामा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, माओवादी केन्द्र बाँफिकोट गाउँपालिका सचिवालय सदस्य सिता खड्का लगायतको आतिथ्यता रहेको थियो । पछिल्लो समय माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाले पार्टीका विभिन्न संघ संगठनसँग भेला, छलफल तथा बैठकहरु गरिरहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update